कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु

कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु

अछाम : कोरोना भाइरसको संक्रमणबाट अछाममा कार्यरत एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ। 

जिल्लाको तुर्माखाँद गाँउपालिका अन्तर्गत रहफ स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेब कपिल श्रेष्ठको मृत्यु भएको हो।

श्रेष्ठको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढी कैलालीमा मृत्यु भएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ।

स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देव जोशीका अनुसार श्रेष्ठ बिरामी भएर धनगढी गएको बेला उतै परीक्षणका क्रममा उनलाई कोरोना पोजेटिभ देखिएको थियो। 

जोशीका अनुसार जिल्लामा हाल २८ जना सक्रिय संक्रमित रहेका छन्। कमलबजार पिसिआर प्रयोगशालामा आज भएको परीक्षणमा जिल्लाका थप २ जनामा कोरोना संक्रमण देखिएसंगै अछाममा कुल संक्रमितको संख्या भने १ हजार १ सय ६१ पुगेको छ।

मंसिर ६, २०७७ शनिबार १३:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।