हप्तादिन भित्र खाल्डाखुल्डी पुर्न मन्त्रीको निर्देशन
काठमाडौं : शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले धोबीखोला करिडोरको खाल्डाखुल्डी एक हप्ताभित्र पुर्न निर्देशन दिएका छन।
धोबीखोला करिडोर आयोजनाको निरीक्षणका क्रममा उनले यस्तो निर्देशन दिएका हुन।
मन्त्री श्रेष्ठ, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराई , मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिह, काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख डा. भाइकाजी तिवारी सहितको टोलीले खोलाले ओगटेको दाँया र बाँया गरी २४ किलोमिटर सडकको भौतिक अवस्थाबारे स्थलगत निरीक्षण पछि यस्तो निर्देशन दिएको हो।
‘‘अबको एक हप्तामा करिडोरमा देखिएका यस्ता खाल्डाखुल्डी तत्काल पुरिनुपर्छ ,हजारौ सवारी साधन सञ्चालन हुने बाटोको अवस्था यस्तो हुनुहुँदैन तत्काल निर्माण गरिनुपर्छ।’ उनले भने।
मन्त्रीको निर्देशन पछि धोबीखोला करिडोर आयोजना प्रमुख एवं उपत्यका विकास प्राधिकरणका आयुक्त डा. भाईकाजी तिवारीले कालोपत्रे भएका र बढी खोल्डाखुल्डी देखिएका सडकमा एक साताभित्र पुरिसक्ने प्रतिबद्धता जनाए।
टोलीले ललितपुर र काठमाडौंको सिमाना शंखमुल बुद्धनगर स्थित आर्क बृजबाट अवलोकन शुरु गरेको थियो। हाल आर्कबृज निर्माण भएको बिजुलीबजार पुलको निरीक्षण गदै पुलमुनि अन्डरपास निर्माण प्रकृया शुरु गर्न समेत निर्देशन दिएको छ।
मंसिर ५, २०७७ शुक्रबार २०:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।