मन्त्री अर्यालले आफ्नै गृह जिल्लाको मालपोतलाई नमुना घोषणा गरिन्
स्याङ्जा : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मालपोत कार्यालय वालिङलाई नमुना कार्यालय घोषणा गरेकी छन्।मन्त्रालयको देशैभरका मालपोत र नापी कार्यालय प्रविधिमैत्री, सेवाग्राहीमैत्री बनाउने अभियान अन्तर्गत शुक्रबार मालपोत कार्यालय वालिङलाई नमुना घोषणा गरेकि हुन्।
मालपोतलाई नमुना घोषणा गर्दै मन्त्री अर्यालले मालपोत र नापी कार्यालयबाट प्रदान गरिने सेवा प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउँदै लगिएको बताइन्।
नयाँ प्रविधिको प्रयोग, नयाँ सिस्टमको विकास गरेर सुशासन कायम गर्न सकिने उनको भनाई थियो।
मन्त्रालयका सचिव टेकनारायण पाण्डेले देशका ३३१ वटा मालपोत र नापी कार्यालयमा सेवाग्राहीमैत्री र प्रविधीमैत्री सेवा पु¥याइने अभियानमा सबैको साथ आवश्यक रहेको बताए।
त्यस्तै मालपोत कार्यालय वालिङका प्रमुख रबीन अधिकारीले कोरोना संक्रमणका कारण पाँच महिना थप गरिएको मालपोत कार्यालय भवन ५ करोड ६ लाख २ हजार ३ सय ८४ को लागतमा निर्माण सम्पन्न भएको जानकारी दिए।
कार्यक्रममा भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादातालाई सम्मान समेत गरिएको थियो।
मंसिर ५, २०७७ शुक्रबार १८:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।