डा. केसीलाई डिस्चार्जको तयारी

डा. केसीलाई डिस्चार्जको तयारी
फाइल तस्बिर।

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) संक्रमित डा. गोविन्द केसीलाई डिस्चार्जको तयारी गरिएको छ। स्वास्थ्यमा सुधार भएपछि डिस्चार्जको तयारी गरिएको हो। 

डा. केसीको स्वास्थ्य सामान्य अवस्थामा फर्किएकाले डिस्चार्जको तयारी भएको त्रिवि शिक्षण अस्पताल कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले जानकारी दिए।

डा. दासले उकेरासँग कुरा गर्दै भने, ‘स्वास्थ्यमा राम्रै सुधार भएको छ। भोलि (शुक्रबार) डिस्चार्ज गर्न सकिन्छ।’

उनले रेमडेसिभिरको डोज दिइसकिएको जानकारी दिए। उनले केही दिनअघिसम्म अक्सिजन चलाउनु परेको भए पनि अहिले भने चलाउनु नपरेको बताए। उनले एन्टिबायोटिक्सको डोज पूरा गर्न मात्रै अस्पताल बस्नुपरेको जानकारी दिए।

डा. केसी त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्।

मंसिर ४, २०७७ बिहीबार २०:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।