‘प्रधामन्त्रीमाथि लगाइएका आरोपको हिसाबकिताव माग्छौ’
सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नै पार्टीका अध्यक्षसमेत रहेका ओलीमाथि लगाएका आरोप राष्ट्रिय सरोकारका विषय भएकाले काँग्रेसले त्यसको हिसाबकिताव खोज्ने थापाले बताएका छन्।
‘नेकपाको घर झगडा, राष्ट्रिय राजनीति र सरकार सञ्चालन’ का विषयमा सामाजिक संजालमार्फत आफ्नो धारणा राख्दै नेता थापाले ओलीमाथि लगाइएका आरोप केवल पार्टीको आन्तरिक विवादको तितो अभिव्यक्ति मात्र नभएको औंल्याएका छन्।
‘फकिने र फकाउनेले यो नविर्सिनुहोला कि अब सबै विषय नेकपा भित्रको आन्तरिक विषय मात्र रहेनन्, दुई पाइलटको मनमुटावको विषय मात्र रहेन। अब यो राष्ट्रिय सरोकारको विषय हो। हाम्रो विषय हो।’ थापाले भनेका छन्।
दाहालले ओलीमाथि लगाएका आरोप नौलो विषय पनि नभएको र गलत विषय पनि नभएको थापाको भनाइ छ।
अध्यक्ष दाहालले पार्टीको सचिवालय बैठकमा प्रस्तुत गरेको राजतीतिक प्रतिवेदनमा प्रधानमन्त्री ओली भ्रष्टाचारीको संरक्षक बनेको गम्भीर आरोप लगाएका छन्।
यस्तो छ थापाको भनाइ
मंसिर ३, २०७७ बुधबार १६:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।