मंसिर १३ गते बस्ने गरि नेकपा सचिवालय बैठक सकियो

मंसिर १३ गते बस्ने गरि नेकपा सचिवालय बैठक सकियो

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो करिव पौने दुई घण्टा बसेको सचिवालय बैठक पुनः बस्ने गरी सकिएको हो ।

बैठकमा पार्टीका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसहित सचिवालयका नौ जना सदस्य सहभागी थिए। यसअघि प्रधानमन्त्री ओलीले बुधबार दिउँसो एक बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक दुई बजेलाई सारेपछि सचिवालय बैठक बसेको हो। मंसिर १८ मा स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक बस्ने सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
यस्तै बैठकमा अध्यक्ष ओलीले छुट्टै प्रस्ताव ल्याउने बताएका छन्। यसअघि २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव पेस गरेका थिए । साथै सचिवालय बैठक माग गर्दै पाँच नेताले लेखेको २ पन्ने पत्र, त्यसको जवाफमा ओलीले प्रचण्डलाई लेखेको १० पन्ने पत्र र प्रतिउत्तरमा प्रचण्डले लेखेको सात पन्ने पत्र र अन्तर पार्टी निर्देशन (अपानि)समेत वितरण भएको थियो।

मंसिर ३, २०७७ बुधबार १५:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।