म्यूजिक भिडियोमा अभिनय गर्न बोलाएर बलात्कारको प्रयास
काठमाडौं : म्यूजिक भिडियोमा अभिनय गर्न बोलाएर एक किशोरीमाथि बालत्कारको प्रयास गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
सर्लाहीको चन्द्रपुर नगरपालिका–४ घर भइ काठमाडौं बस्दै आएका रविराज साहलाई प्रहरीले काठमाडौंको जडिबुटीबाट पक्राउ गरेको हो।
जनकपुर बस्ने १८ वर्षीया एक किशोरीलाई साहले म्यूजिक भिडीयोको सुटिङ छ भनेर काठमाडौं बोलाए बलात्कारको प्रयास गरेको प्रहरी जनाएको छ।
महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका डिएसपी दक्ष बस्नेतले सँगै कोठामा सुतेको समयमा साहले बलात्कारको प्रयास गरेको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जानकारी दिए।
साहविरुद्ध बलात्कार प्रयास मुद्धामा म्याद गरेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। साह म्यूजिक भिडियो निर्माता भएको प्रहरीले जनाएको छ।
मंसिर ३, २०७७ बुधबार १२:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।