नि:शुल्क भोजन आजबाट प्रसुति गृह नजिक
काठमाडौं : आजबाट खुल्ला मंचको साटो परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली नजिकै निःशुल्क खाना खुवाउन थालिएको छ।
काठमाडौं महानगरपालिका र खुलामञ्चमा निशुल्क भोजन गराउँदै आएका संस्थाहरुबीचको सहमति अनुसार थापाथलीमा खाना खुवाउन थालिएको हो।
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाले खुलामञ्चमा निःशुल्क भोजनका लागि आएका असहाय, अशक्तलाई थापाथलीमा व्यवस्था गरेको जानकारी दिए।
स्वास्थ्य जोखिम, संक्रमणको सम्भावना र सामाजिक प्रतिष्ठा तथा मानव अधिकारको संरक्षण गर्ने हेतुले सार्वजनिक स्थल, खुला क्षेत्रमा भोजन सेवा बन्द गरी बैकल्पिक स्थानमा भोजना गराउने नीति महानगरपालिकाले लिएको उनले बताए।
सापकोटाले निशुल्क भोजनको गराउने स्थानमा सौचालय, पानीसहित स्वास्थ्य मापदण्डको समेत पालना गर्ने गरी थप पहल भैरहेकोसमेत बताए।
मंसिर ३, २०७७ बुधबार १२:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।