१ बजे डाकिएको मन्त्रिपरिषद् बैठक २ बजे सारियो
फाइल तस्बिर : सूर्य थापाको फेसबुकबाट।
काठमाडौं : अपरान्ह १ बजे बोलाइएको मन्त्रिपरिषद् बैठक २ बजे सारिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाटीले आज अपरान्ह बोलाइएको बैठक २ बजे सारिएको पुष्टि गरे।
यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह १ बजे सचिवालय बैठक डाकेकै समयमा मन्त्रिपरिषद् बैठक डाकेका थिए।
सचिवालय बैठक राखेकै समयमा मन्त्रिपरिषद् बैठक बोलाइएको भन्दै बैठक सार्न पार्टीभित्र र बाहिरबाट दबाब परेपछि सारिएको स्रोतले बताएको छ।
मंसिर ३, २०७७ बुधबार ११:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।