२ लाख ३८ हजारसहित जुवा खेल्दै गरेका ७ पक्राउ

२ लाख ३८ हजारसहित जुवा खेल्दै गरेका ७ पक्राउ

काठमाडौं : प्रहरीले काठमाडौं-१४ कुलेश्वरबाट  जुवा खेलिरहेको अवस्थामा नगदसहित ७ जनालाई पक्राउ गरेको छ। 

महानगरीय  प्रहरी वृत्त कालिमाटीको टोलीले ४४ वर्षीय शिव श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा  जुवा खालबाट २ लाख ३८ हजार ८५० रुपैयाँसहित सात जनालाई पक्राउ गरेको हो। 
महानगरीय  प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अपिलराज बोहोराले जुवाको खालबाट सात लाख ९४ हजार ८७० रुपैयाँ बराबरको विभिन्न बैंकको चेक ११ थान र तास १ बुक समेत बरामद गरिएको जानकारी दिए।
बोहोराका अनुसार पक्राउ पर्नेमा श्रेष्ठसहित काभ्रे चौरी देउराली गाउँपालिका–६ घर भई  कुलेश्वर बस्ने बर्ष ४४ को यादव चौलागाई, धादिङ्ग थाक्रे गाउँपालिका–८ घर भई कलंकी बस्ने बर्ष ४१ को राजु पौडेल, चितवन भरतपुर–१३ घर भई कुलेश्वर बस्ने बर्ष ३१ को राजीव श्रेष्ठ छन्।
त्यस्तै सोही ठाउँका ४४ वर्षीय केशव प्रसाद मुडवरी, फबारा जितपुर घर भई  कलंकी बस्ने बर्ष ४१ को श्याम तामाङ्ग, कैलाली बर्दगोरिया गाउँपालिका–३ घर भई कालीमाटी बस्ने बर्ष २८ को प्रेम बडुवाल रहेका छन्।

श्रेष्ठ आफैले जुवा खेलाउने र मिटरब्याजमा रकम लगानी गर्ने व्यक्ति भएको प्रहरीले जनाएको छ। उनीले चेक लिएर जुवामा लगानी गरिरहेका प्रहरीको भनाइ छ। पक्राउ परेका ७ जनाविरुद्ध जुवा ऐन अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।                                                   

यस्तै प्रहरीले चन्द्रागिरि नगरपालिका–५, दूरसञ्चारमा रहेको ग्यारेजमा जुवा खेलिरहेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ घर भइ चन्द्रागिरि बस्ने रत्नबहादुर तामाङ, प्रेमबहादुर तामाङ, सोलुखुम्बु घर भइ गोकर्णेश्वर बस्ने कृष्ण परियार र चन्द्रागिरि–१५ का निरनकुमार प्रधान छन् ।
महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

ग्यारेज मानबहादुर तामाङको हो । जुवाडेको साथबाट २ लाख ४७ हजार ८ सय ५० रुपैयाँ रामद गरिएको श्रेष्ठले बताए ।

पक्राउ परेका चारै जनामाथि मुलुकी अपराध संहितामा भएको जुवा सम्बन्धी कसुर अन्तर्गत म्याद थप गरी अनुसन्धान गर्ने तयारी भइरहेको श्रेष्ठले जानकारी दिए।

मंसिर २, २०७७ मंगलबार १४:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।