‘नेपाल सम्बतलाई कामकाजी प्रचलनमा ल्याउनु आवश्यक’

‘नेपाल सम्बतलाई कामकाजी प्रचलनमा ल्याउनु आवश्यक’

भक्तपुर :  शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल सम्बतलाई नेपालको नयाँ सम्बतको रुपमा थालनी गर्नुपर्ने बताएका छन।

नेपाल सम्बत ११४१ को अवसरमा मध्यपुर थिमीमा राष्ट्रिय विभुति शंखधर साख्वाःको प्रतिमामा माल्यापर्ण गर्दै उनले नेपालको आफ्नै सम्बतको रुपमा नेपाल सम्बत् प्रयोगमा लयाउनुपर्ने बताए। 

 

मन्त्री श्रेष्ठले सबै जाति र भाषाभाषिको अपनत्व हुनेगरी नेपाल सम्बतलाई प्रचलनमा ल्याउनुपर्ने धारणा राख्दै सबैले नेपाल  सम्बततलाई नेपालीले कामकाजमा समेत प्रयोग गर्नुपर्ने बताए। 

 

शंखधर साख्वालाई राष्ट्रिय विभुति घोषणा गराउनेदेखि टिकट प्रकासन संगै नेपाल भाषा उत्थान नेपाल सम्बत मनाउन महत्वपुर्ण भुमिका खेल्ने पुर्वमन्त्री पद्यमरत्न तुलाधरको योगदानको समेत उनले चर्चा गरे।

 

नेपाल सम्बत र न्ह्दया भिन्तुनाको हरेका कार्यक्रममा  अंग्रपंतिमा खटिने नेता तुलाधरको योगदानलाई कसैलेपनि बिर्सन नसक्ने उनले बताए। उनले मंसिर ६ गते रत्नपार्कको नाम शंखधर साख्वा पार्क नामाकरण गरी  पार्क परिसरमा साख्वाःर तुलाधारको शालिक अनावरण गरिने जानकारी दिए।

 

गरिब नेपालीको ऋणमोचन गर्ने शंखधर साख्वाः ले गरेको योगदानको कदर गर्दै उहाले शुरुवात गर्नुभएको नेपाल सम्बतलाई सबैले प्रयोग गर्नुपर्ने उनको उनको भनाई थियो । 

 

प्रतिमा माल्यापर्ण कार्यक्रममा बोल्दै पुर्वमन्त्री एवं नेपाली काग्रेसका सांसद भीमसेनदास प्रधानले कामकाजीको भाषाको रुपमा नेपाल सम्बतलाई प्रयोगमा ल्याउनुपर्ने बताए। ‘अहिले त नेपाल सम्बत नेवार समुदायले मात्र मानेको जस्तो भएको छ । सबैको अपनत्व हुनेगरी यस्लाई व्यापक बनाउनुपर्छ।’ प्रधानले भने।

 

कार्यक्रममा पुर्वमन्त्री एवं सांसद महेश बस्नेतले यो दिनलाई सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउनुपर्ने धारणा राखे। उनले भक्तपुरमा तयार हुन लागेको स्मार्ट सिटीको नाम संखधर साख्वाः  राख्नुपर्ने, शंखधर साख्वाःको योगदानलाई कदरु गर्दै उहाले शुरु गर्नुभएको नेपाल सम्बतलाई सरकारी भाषाको रुपमा प्रयोग गर्नुपर्ने बताएका थिए।

 

त्यस्तै मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले राष्ट्रिय विभुति शंखधर साख्वाको नाममा प्रतिमासहित पार्क , सोध र अनुसन्धान गर्न पुस्तकालय र सूचना केन्द्र स्थापना गरिएको बताए। ‘नेपालीलाई ऋणमुक्त गर्ने किसान साख्वाको योगदानलाई सरकारले पुर्ण रुपमा कदर गर्न सकेको छैन, आगामी दिनमा नेपाल सम्बत शुरु भएको  दिनलाई राष्ट्रिय पर्वको रुपमा मानेर नेपालभर मनाउनुपर्छ’मेयर श्रेष्ठले भने।

मंसिर १, २०७७ सोमबार १६:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।