२४ घन्टामा ४२ ठाउमा आगलागी, १ को मृत्यु ४ घाइते
काठमाडौं : पछिल्लो २४ घन्टामा देशका ३५ जिल्लाका ४२ ठाउमा आगलागी भएको छ।
आगलागीमा परी एक वालकको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय विपत न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगलागीबाट ठूलो जनधनको क्षति भएको छ। आगलागीबाट झापामा एक बालकको ज्यान गएको छ भने झापा, कैलाली, सप्तरी र धनुषामा एक एक जना गरि ४ जना घाइते भएका छन्। आगलागीबाट दुई करोड ४६ लाख बराबरको आर्थिक क्षति भएको छ। घरमा मैनबत्तीबाट आगो सल्केर आगलागी हुँदा झापाको कमल गाउँपालिकामा आइतबार राति एक बालिकाको मृत्यु भएको छ ।
कमल–२ स्थित थापा गाउँका ध्रुव परियारकी सात वर्षीया छोरी रेजुका परियारको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
बुबाआमा घरबाहिर रहेको र छोरी रेजुका मात्रै घरभित्र सुतिरहेको अवस्थामा राति ९ बजेतिर अचानक मैनबत्तीबाट आगो सल्किएको थियो। आगो दन्किएपछि घरभित्र रहेकी बालिकालाई बाहिर निकाल्न नसक्दा घटनास्थलमै बालिकाको मृत्यु हुन पुगेको प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए ।
आगलागीबाट परियारको इँटाको गारो र टिनको छानो पूर्णरूपमा जलेर नष्ट हुँदा करिब रु १५ लाख बराबरको क्षति भएको छ ।
आगो निभाउने क्रममा ग्याँस सिलिण्डर पड्किएर स्थानीय २२ वर्षीय राम टुडु सामान्य घाइते भएका थिए ।
स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको आएको पन्डितले बताए। यस्तो छ क्षतिको विवरण



.jpeg)
मंसिर १, २०७७ सोमबार १४:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।