२४ घण्टामा कोरोना संक्रमित हुनेभन्दा निको हुने दोब्बर
काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित हुनेभन्दा निको हुने दोब्बरजति बढेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा एक हजार ४७७ जनामा संक्रमण पुष्टि हुँदा दुई हजार ७९८ जना निको भएका छन्।
देशभर अहिलेसम्म दुई लाख ९ हजार ७७६ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये एक लाख ७३ हजार ४३० जना निको भएको मन्त्रालयले जनाएको छ।
देशभर अहिलेसम्म एक हजार २२१ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।
कात्तिक ३०, २०७७ आइतबार १७:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।