आफ्नै कम्पनीको ९७ लाख चोरी गर्ने सुरक्षा गार्ड पक्राउ
चितवन : आफ्नै कम्पनीको ९७ लाख चोरी गर्ने एक सुरक्षा गार्डलाई प्रहरीले पक्राउ गरेको छ।
भरतपुरस्थित वडा नं.९ काँडाघारीमा रहेको एपोलो पेन्ट्स प्रा.लि.को कार्यालय भवनको कोठा भित्र रहेको सेफ (लकर) फुटाई नगद चोरी गरेको आरोपमा प्रहरीले सोही कम्पनीमा कार्यरत सुरक्षागार्ड कबिराज थापा लाई पक्राउ गरेको छ।
कम्पनीमा राखिएको रकम चोरी भएको सुचनाका अधारमा जिल्ला प्रहरी कार्यालयको टोलिले थापा लाई पक्राउ गरि अनुसन्धान गर्दा नगद रकमसमेत बरामद भएको हो।
थापालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले चोरी गरि लुकाई छिपाई राखेको अवस्थामा र एकहजार दरको सन्तानब्बे लाख रुपैयाँ र चोरी गर्न प्रयोग गरेको औजार समेत वरामद गरीएको प्रहरीले जनाएको छ । पक्राउ परेका थापालाई चोरी कसुर अन्तरगत थप अनुसन्धान भइरहेको जनाइएको छ ।
कात्तिक ३०, २०७७ आइतबार १५:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।