उपसचिवको नतिजा प्रकाशित
काठमाडौं : लोक सेवा आयोगले उपसचिवको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ।
आयोगले २०७६ पुसमा लिएको राजपत्रांकित द्वितीय श्रेणी(उपसचिव)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
२०७६ पुस १९ गते देखि सुरु भएको परीक्षाको नतिजा चैत वैशाखसम्म आइसक्नु पर्नेमा कोरोनाका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन गएको थियो। ४१ जनाको रिक्त पदमा ११११ ले लिखित परीक्षा दिएकामा ५३ जनाको नाम अन्तर्वार्ताका लागि छनौट गरिएको छ।

कात्तिक ३०, २०७७ आइतबार १२:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।