सिस्नुपानीको देउसी भैलो कार्यक्रम नहुने
काठमाडौं : हरेक वर्ष तिहारमा देउसी भैलो कार्यक्रम गर्दै आइरहेको सिस्नुपानी नेपालले यो वर्ष भने नगर्ने भएको छ।
सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले कोरोनाका कारण यस वर्ष देउसी भैलो कार्यक्रम स्थगित गरिएको बताए।
उनले भने, ‘यो साल मसहित ३ जनालाई कोरोना भाइरस संक्रमण भएकाले कार्यक्रम आयोजना गर्न सकिएन। भर्चुअल तरिकाले गर्नेभन्ने सोच पनि बनाएका थियौं। तर, म सेल्फ क्वारेन्टिनमा बसेकाले कार्यक्रम गर्न सकिएन।’
अध्यक्ष गाम्नागेको परिवारका सदस्यहरू कोरोना संक्रमित छन्। ‘रेडियो तथा पत्रपत्रिकामा केही त गरौं भन्ने लागेको थियो। तर, कसै गरे पनि सकिएन,’ अध्यक्ष गाम्नागेले भने।
२०५५ सालमा बासुदेव लुइँटेलको घरआँगनबाट देउसी भैलो कार्यक्रमको सुरुवात गरेको सिस्नुपानी नेपालले राजनीतिक व्यंग्यका साथै देउसी भैलो खेल्दै आएको थियो।
कात्तिक ३०, २०७७ आइतबार ११:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।