ओली भ्रष्टाचारीको संरक्षक भएको दाहालको आरोप (प्रतिवेदनसहित)
शुक्रबारको सचिवालय बैठकमा अलग्गै राजनीतिक प्रतिवेदन पेस गर्दै दाहालले ओलीमाथि भ्रष्टाचारीको संरक्षक देखि पार्टीमा गुट चलाएकोसम्म आराेप लगाएका छन्। आराेप लगाएका हुन्।
दाहालले वाईडबडी विमान खरिद काण्ड, सञ्चारमन्त्रीकाे घुस डिल, यति समूह र ओम्नीसम्मकाे भ्रष्टचारमा पारदर्शी छानबिन भन्दा ढाकछाेपमा लागेकाे ओलीमाथि आराेप लगाएका छन्।
सार्वभाैम जनता र स्वाभिवान विपरित रअ प्रमुखलाई बालुवाटरमा भेटेकाे आरोपसमेत दाहालको छ।
मदनभण्डारी फाउन्डेसनकाे नाममा समानान्तर पार्टी चलाउने अभ्यास ओलीले गरेकाे आराेप दाहालको छ।
राजनितिक नियुक्तिमा पनि उनले पार्टीभन्दा आफू निकट र स्वार्थ समूहलाई मात्र नियुक्त गरेकाे आराेप दाहालको छ।
काेराेना नियन्त्रणमा पनि सरकार असफल हुनुकाे कारण सरकार सञ्चालनकाे शैली गलत भएकाे दाहाले आरोप लगाएका छन्।
पार्टीमा अहिले देखिएको समस्याको प्रमुख जिम्मेवार ओली नै भएको टिप्पणी दाहालको प्रतिबेदनमा गरिएको छ।
यस्तो छ दाहालको प्रतिवेदन
कात्तिक २८, २०७७ शुक्रबार २२:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।