मन्त्री अर्यालले गरिन् स्याङ्जाका आयोजनाको निरीक्षण
मन्त्री अर्यालले वालिङ र चापाकोटका निर्माणाधीन आयोजनाहरुको निरिक्षण गरेकी हुन्। उनले वालिङ, सुर्कौदी, अमले हुँदै स्वरेक मैदान जाने सडकको निरीक्षण गरेकी हुन्।
कालोपत्रे जारी रहेको सडकको निरीक्षण गर्दै मन्त्री अर्यालले पहिलो चरणमा ५ किलोमिटर र बाँकी ९ किलोमिटर समेत कालोपत्रे गर्ने सरकारको रणनीति रहेको मन्त्री अर्यालले बताइन्।
स्वरेक मैदानसम्म सडक कालोपत्रे भएपछि पर्यटन विकास गर्ने मन्त्री अर्यालको भनाई छ। त्यस्तै, वालिङ ११ डौवाको खानेपानी समस्यालाई छिट्टै समाधान गर्ने मन्त्री अर्यालले प्रतिवद्धता व्यक्त गरिन्। डौवाका ५ सय घरधुरीलाई सहजरुपमा खानेपानी पुर्याउन छिट्टै योजना ल्याउने उनले जानकारी दिइन्।
यसैगरी, मन्त्री अर्यालले चापाकोट नगरपालिकामा निर्माणाधीन विकास आयोजनाहरुको समेत निरीक्षण गरेकी छन्। मन्त्री अर्यालले चापाकोटको सिटी हल, भ्यु टावर, बसपार्क, बहु प्राविधिक शिक्षालयको निरीक्षण गरेकी छन्।
चापाकोटमा ३०० जना क्षमताको सिटी हल निर्माणाधीन अवस्थामा छ। बहुवर्षीय योजनाअन्तर्गत सिटी हल निर्माणका लागि आर्थिक वर्ष २०७६÷०७७ मा दुई करोड, चालू आर्थिक वर्ष २०७७÷०७८ मा १ करोड गरि तीन करोड रकम निकासा भइसकेको छ। सिटी हल २०७७ फाल्गुन २१ गतेभित्र भ्याटबाहेक तीन करोड ६९ लाख ३७ हजार ५ सय ४४ रुपैयाँमा सम्झौता भएको हो। कोरोना भाइरस (कोभिड १९)को संक्रमणमा गरिएको लकडाउनका कारणले योजना सम्झौता समयमै नहुने भएको छ।
अनुगमनका क्रममा मन्त्री अर्यालले आयोजना समयमै सम्पन्न नगर्ने प्रवृत्ति विकास विरोधी भएको बताइन्। यो वर्ष कोरोना संक्रमणका कारण धेरै आयोजनाहरुलाई प्रभाव पारे पनि अब कोरोनासँग जुध्दै विकास निर्माणलाई समेत अगाडि बढाउनुपर्ने बताइन्।
यसअघि मन्त्री अर्यालले मालपोत कार्यालय र नापी कार्यालय स्याङ्जाको अनुगमन गरेकी थिइन्। मन्त्री अर्यालले मालपोत नापी कार्यालय स्थानीयलाई तहलाई हस्तान्तरण गर्ने कार्य स्याङ्जाबाट शुरुवात गरिने भन्दै छितोछरितो काम गर्न निर्देशनसमेत दिइन्।
कात्तिक २८, २०७७ शुक्रबार १९:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।