सहरी विकाससँगै साइकल लेनको विस्तार जरूरी

सहरी विकाससँगै साइकल लेनको विस्तार जरूरी

शहरी सडक निर्माण गर्दा साइकल लेन बनाउन पर्ने व्यवस्था भएपनि शहरमा निर्माण भैरहेको सडकमा साइकल लेन छैन। अधिकांस निर्माण कम्पनीले साइकल लेन बनाउने गरेका छैनन्।

मन्त्रालयले अब बन्ने र बनिरहेका सबै शहरी सडकमा साईकल लेन बनाउनुपर्ने स्पष्ट पारेको छ। शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले सबै शहरी सडकमा साइकल लेन बनाउनुपर्ने बताए।

 उनले  साइकल लेनसहित सडक निर्माण गर्ने जिम्मा लिएका ठेकेदारले साइकल लेन नबाएको भए तत्काल बनाउन निर्देशन दिएका छन। 

साइकल प्रेमी अभियन्ताको तर्फबाट  नेपाल साइकल सोसाइटीले शुक्रबार सबै शहरी सडकमा साइकल लेन बनाउन माग गर्दै अनुरोधपत्र बुझाएका थिए। मन्त्री श्रेष्ठले १० बुदे अनुरोधपत्र बुझ्दै शहर विकाससंगै साइकल लेनको विस्तार गर्नुपर्ने बताए। 

‘वातावरण र आर्थिक रुपमा समेत प्रभाव पार्ने विषयमा मन्त्रालयले ध्यान दिनेछ। ‘साइकलप्रेमी युवा अभियन्ताले दिएका सुझावलाई  कार्यान्वयन गर्न सबै निकायलाई निर्देशन दिनेछु।’ मन्त्री श्रेष्ठको भनाई थियो ।
 
उनले अभियन्ताले दिएको सुझावलाई कार्यान्वयन गर्न तत्काल विस्तृत अध्ययन कार्यदल बनाउने र सोको आधारमा सातै प्रदेश र ठुला शहर रहेका स्थानीय निकायमा सल्लाह गरी सबैसडकमा साइकल लेन बनाउन अगुवाई भुमिका खेल्ने बताए।

मन्त्रालयले शहरी विकास मन्त्रालयको संयोजनमा  सरोकारवाला मन्त्रालय, सोसाइटीका अधिकारी, वातावरणविद् लगायतका अधिकारी सम्मिलित कार्यदल बनाएर काम अघि बढाउने बताए 

मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले सबै शहरी सडकमा साइकल लेन बनाउने प्रतिबद्धता जनाए। ‘पोखरा, भरतपुर,काठमाडौ, विराटनगर, जनकपुरलगायत ठुला शहरी सडकमा साइकल लेन बनाउनैपर्छ। त्यसबाहेक हाल निर्माणाधिन सडकमा हल लेन हुनैपर्छ’उनले भने।

केही शहरमा बाटोको कारण साइकल लेन बनाउन केही समस्या भएको जानकारी गराउदै अब नया बन्ने सबै सहरमा साइकल लेन बन्ने बताए। वातावरण परिवर्तनबाट हुने असरलाई जोगाउन साइकल लेनले महत्वपुर्ण भुमिका राख्ने बताउदै मानव स्वाथ्य र वातावरणको लागि साईकल लेन आवश्यक रहेको उनको भनाई थियो।

सोसाइटीका अध्यक्ष रत्न श्रेष्ठले नेपालमा साइकल चढ्नेको संख्या बढ्दै गएको र शहरी सडकमा साइकल लेनको अभाव रहेको गुनासो गरेका थिए। नयाँ सहर बनाइरहेको सरकारले अनिवार्य रुपमा साइकल लेन बनाउन सुझाब दिए।‘नेपाल शहरी मापदण्ड–२०७६ स्वीकृत भै कार्यान्वयनको अवस्थामा सडकलाई पाथ, सडक, मार्ग र उपमार्गहरुमा वर्गिकरण गर्नुपर्छ।’

सोसाइटीले साइकलिष्ट, तथा वातावरणविद् प्रल्हाद योञ्जनको साइकल दुर्घटनामा मृत्यु भएको सम्झानामा कातिक १४ वा जन्मदिनमा साइकल दिवस मनाउन र साइकल प्रेमी एवं प्रशिक्षक श्याम श्रेष्ठको साइकल दुर्घटना भएको स्थल त्रिवि गेट नजिक साइकल पार्क निर्माण गर्न आग्रह गरेको थियो।

कात्तिक २८, २०७७ शुक्रबार १९:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।