डाक्टर केसीलाई कोरोना संक्रमण

डाक्टर केसीलाई कोरोना संक्रमण
फायल तस्विर

लक्षण देखा परेपछि बिहीबार गरिएको पिसिआर परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको डा केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए।
डा केसीमा रुँघा लाग्ने, खोकी लाग्ने र ज्वरोको लक्षण समेत देखिएको छ। यस्तै स्वाशप्रश्वासमा समेत समस्या भएको सुवेदीले जानकारी दिए। 
उनलाई अहिले शिक्षण अस्पताल महाराजगञ्जको गणेशमान सिंह भवनमा भर्ना गरिएको छ। यतिबेला उनको थप स्वास्थ्य परीक्षण भइरहेको अस्पतालले जनाएको छ।

कात्तिक २८, २०७७ शुक्रबार १९:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।