ट्राफिकको सांगीतिक डमी (भिडियोसहित)

ट्राफिकको सांगीतिक डमी (भिडियोसहित)

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि शुरू गरेको सांगीतिक डमी अभियानलाई प्रभावकारी बनाउन भिडियो पनि निर्माण गरेको छ।
 

भिडियोमा ख्यातिप्राप्त राष्ट्रिय कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवशं आचार्य, राजेश हमाल, रेखा थापा, मनोज गजुरेल, दिपाश्री निरौला, जितु नेपाल, मोडल मोनिका वुढाथोकी, सामाजिक अभियान्ताहरू योङजोम शेर्पा र राधा पोख्रेलले आवाज दिएका छन्।

भिडियोमा सरोज ओलीको ‘रातोमा वत्तीमा रोकिने’ बोलको गीत समेत समावेश गरिएको छ।

उक्त भिडियो महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालको परिकल्पना तथा स्लोगन शब्द गायक सरोज ओली र डिएसपी जयशङ्कर शर्माको रहेको छ।

आम नागरिक, पैदलयात्री, चालकलगायत आम सडक प्रयोगकर्ताहरुलाई ट्राफिक नियम सिकाई सडक सभ्यता अभिबृद्धि गर्न उक्त भिडियो निर्माण गरिएको महाशाखाले जनाएको छ।

कात्तिक २८, २०७७ शुक्रबार १७:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।