फोहोरमैला व्यवस्थापन केन्द्रमा लागेको आगो नियन्त्रणमा
ललितपुर : बालकुमारीस्थित फोहोरमैला व्यवस्थापन केन्द्रमा लागेको आगलागि नियन्त्रणमा आएको छ।
बालकुमारी पुलको बायाँतर्फ रहेको केन्द्रमा दिँउसो लागेको झण्डै ३ घण्टापछि नियन्त्रणमा आएको हो।
महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शुसिलकुमार यादवका अनुसार आगलागीबाट सुरक्षा गार्ड बस्ने घर सहित ११ वटा गाडि र २ मोटरसाईकलमा क्षति पुगेको छ।
यस्तै १ आइसर गाडि,१ टिप्पर, १ मिनि टिप्पर जलेर नष्ट भएको, ८ गाडिमा सामान्य क्षति पुगेको र २ नचल्ने अवस्थाका मोटरसाईकल जलेको यादवले जानकारी दिए।
केमिकल सहितका फोहोर थुप्रिएको स्थानमा आगो सल्किएर फैलिएको प्रहरीले जनाएको छ।
आगलागीबाट कुनै मानवीय क्षति नपुगेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ। घटनास्थलमा दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिईएको थियो।
कात्तिक २८, २०७७ शुक्रबार १५:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।