बैतडीमा बस दुर्घटना, ९ को ज्यान गयो
बैतडी : बैतडीको खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ। दशरथचन्द राजमार्ग अन्तरगत पाटन नगरपालिका-८ खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाको ज्यान गएको हो।
दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। मृतकमध्ये ७ जना पुरुष र २ जना महिला रहेको र सनाखत हुन बाकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते ७ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।
८ जनाको शव घटनास्थलबाट निकालिसकिएको छ भने एकजनाको बससँगै अड्किएकाले जनाइएको छ। बस भीरमा अड्किएको छ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिदैछ।
सानो घुम्तीबाट बस करिव ६ सय मिटर तल खसको छ। दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। बस बैतडीको दोगडाकेदार-७ का विरेन्द्र कार्कीको रहेको र उनी आफै चालक हुन्। उनीसमेत घाइते छन्।
कात्तिक २८, २०७७ शुक्रबार ०७:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।