राजसंस्था माग्दै विराटनगरमा प्रदर्शन
विराटनगरको कञ्चनवाडीबाट मोटरसाइकल र्यालीसहित गरिएको प्रदर्शनमा राजसंस्था पक्षधर पार्टी तथा संघ संस्थाहरूको सहभागिता थियो। प्रदर्शनको क्रममा निकालिएको मोटरसाइकल र्यालीले नगरका विभिन्न स्थानको परिक्रमा गरी बरगाछि चोकमा कोषसभामा परिणत भएको थियो ।
प्रदर्शनमा ‘राजा आउ देश बचाउ’, ‘राजसंस्था पुनर्स्थापना गर’, ‘२०४७ सालको संविधान लागू गर’ जस्ता नारा प्रदर्शनकारीहरूले लगाएका थिए।
बरगाछीमा आयोजित कोणसभामा नेपाल विद्युत परिषदका केन्द्रीय उपाध्यक्ष बल्लभप्रसाद दाहालले आफूहरूले १५ वर्षदेखि निरन्तर राजसंस्था पुनस्र्थापनाको माग गर्दै आएको र त्यही विषयलाई निरन्तरताको क्रममा मोटरसाइकल र्याली आयोजना गरिएको बताए।
कोणसभालाई राजसंस्था वादी नेताहरूले सम्बोधन गरेका थिए। उनीहरूले गणतन्त्र असफल भइसकेकाले अबको विकल्प राजसंस्थासहितको प्रजातन्त्र भएको धारणा राखेका थिए।
कात्तिक २७, २०७७ बिहीबार २१:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।