‘माया बैगुनी’मा रोमान्टिक आँचल र निराजन
काठमाडौं : गायक विजय शंखरले आफ्नो नयाँ म्युजिक भिडियो ‘माया बैगुनी’ सार्वजनिक गरेका छन्।
गीतमा स्वर विजय शंखर र भोइस अफ नेपाल फेम्ड गायिका विमोचना लोम्जेलको रहेको छ।
गीतमा शब्द र संगीत स्वयम् गायक विजय शंखरको रहेको छ । गीतलाई टेकेन्द्र याक्शो लिम्बुले संगीत संयोजन गरेका हुन्।
रोमान्टिक भिडियोमा नायिका आंचल शर्मा र मोडेल निराजन प्रधान फिचर्ड छन्। सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्।सोनाम पाख्रिनको निर्देशनमा रहेको भिडीयोमा सुशील न्यौपानेको सम्पादन रहेको छ।
कात्तिक २६, २०७७ बुधबार १६:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।