फेभिकोलको कार्टुनभित्र बेवारिसे मोबाइल
काठमाडौं : प्रहरीले बेवारिसे अवस्थामा ५६ थान मोबाईल बरामद भएको छ।
काठमाडौं चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट बिल तथा कागजात नभएको विभिन्न कम्पनीका ५६ थान मोबाइल प्रहरीले बरामद गरेको हो।
हानगरीय प्रहरी वृत्त थानकोटले चितवनबाट काठमाडौंतर्फ आउदै गरेको बा.३ ख ३१०६ नम्बरको हाईसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाच गर्दा हाइसको छतमा फेभिकोलको कार्टुनमा विभिन्न कम्पनीका मोबाइल बरामद गरेको हो।
बरामद मोबाइलहरु आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठार्इएको प्रहरी वृत्त थानकोटले जनाएको छ।
कात्तिक २५, २०७७ मंगलबार १३:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।