मोबाइल थिएटरमा ‘कोपिला’

मोबाइल थिएटरमा ‘कोपिला’

केही समयअघि डिस होममा रिलिज भएको उक्त चलचित्र शुक्रबारबाट ओएसआर डिजिटलको मोबाइल थिएटरमा रिलिज भएको हो। मोबाइल थिएटरको हल वानमा दैनिक चार सो चलचित्र चलिरहेको छ। 

चलचित्र हेर्नका लागि प्रतिटिकट ७५ रूपैयाँ कायम गरिएको छ। टिकट काटेको ७२ घण्टाभित्र फिल्म हेर्नु पर्ने छ। 

ओएसआर डिजिटलसँगको सहकार्यमा सञ्चालित दामी म्युजिक एपको  मोबाइल थिएटरमा चार पर्दा छन्। थिएटरमा हरेक शुक्रवार नयाँ चलचित्र रिलिज हुन्छ। 

यो एपबाट आफूलाई मन परेको चलचित्र हेर्न चाहनेले ‘दामी म्युजिक एप’ डाउनलोड गरि विभिन्न इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टमबाट पैसा तिर्नु पर्ने छ। 

चलचित्रमा शिवम अधिकारीको लेखन तथा निर्देशन छ। चलचित्रमा गणेश गिरी, सरिता गिरी, संजीवनी खरेल, प्रकृति खरेल, जुनिफर पौडेल, श्रेया आचार्य लगायतको अभिनय छ। 

चलचित्रमा डेब्यु गरेकी संजीवनी निर्मलाको भूमिकामा छिन्। उनको अभिनयलाई दर्शकले रुचाउका छन्। त्यस्तै, निर्मलाको आमाको भूमिका सरिताले निभाएकी छन्। उनको अभिनयको पनि प्रशंसा भएको छ। 

‘कोपिला’मा निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनीतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक असर देखाइएको छ। चलचित्रमा रामेश्वर कार्कीको छायांकन, दीपक शर्माको संगीत र समीर मियाँको सम्पादन छ। 
 

असोज २४, २०७७ शनिबार १५:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।