ओलाङचुङगोलामा सशस्त्रको बीओपी स्थापना
संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईसहितको टोलीले बुधबार बीओपी उद्घाटन गरेको हो। टोलीमा गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु टोलीमा सहभागी थिए। सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गुल्म ताप्लेजुङ मातहतमा स्थापना भएको सो बीओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारी निकासी नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायतका काम गर्नेछ।
सीमानाका भन्दा १२ किलोमिटरको दुरीमा कञ्चनजंगा संरक्षण परिषद्को भवनमा बीओपी स्थापना गरिएको छ। सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा आवश्यक बन्दोवस्तीका सामानसहित सो गुल्मबाट त्यसतर्फ खटिएको उक्त टोली यही असोज १८ गते बेलुका त्यसठाउँमा पुगेको हो।यस्तै संखुवासभाको किमाथाङकामा निर्माण हुन लागेको बीओपी भवनको पनि सो टोलीले शिलान्यास गरेको छ।
असोज २१, २०७७ बुधबार २१:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।