डा. केसीसँग वार्ता गर्न समिति गठन
केसीसँग वार्ता गर्न सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो।
समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा सदस्य रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए।
चिकित्सा शिक्षा सुधारसँग सम्बन्धित विभिन्न माग राख्दै डा. केसी २४ दिन देखि अनसनरत छन्।
सरकारले वार्ता टोली गठन गरी अनशन तोडाउन पहल नगरेको भन्दै चिकित्सक संघले भोलि असोज २२ गते बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड-१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक दुरी कायम गरेर धर्ना दिने निर्णय गरेको थियो। यस्तै सरकारले वार्ता टोली गठन गरेपछि डा.केसीका तर्फबाट पनि वार्ता टोली गठन भएको छ। डा. जीवन क्षेत्रीको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन गरिएको छ। समितिमा डा. अंजनी कुमार झा, डा. लोचन कार्की र ओम प्रकाश अर्याल सदस्य छन्।
असोज २१, २०७७ बुधबार २०:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।