डा. केसीका मागप्रति संवेदनशील बन्न आग्रह

डा. केसीका मागप्रति संवेदनशील बन्न आग्रह

आयोगका प्रवक्ता एवम् सचिव वेद भट्टराईद्धारा बुधबार जारी विज्ञप्तिमा सरकारले डा. केसीप्रति कुनै चासो नदेखाएको पाइएको उल्लेख छ।

आयोगले डा. केसीको अवस्था एवम् सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वायनको अवस्था सार्वजनिक गर्न र उचित मागहरुप्रति संवेदनशील बन्न सरकारलाई पत्राचार गरेको विज्ञप्तिमा उल्लेख छ। 

डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि मानव अधिकार आयोगले सरकारलाई संवेदनशील बन्न आग्रह गरेको हो।

कुनै पनि समस्याको समाधान बार्ता र संवादको माध्यमबाट हुने भएकाले त्यसतर्फ समयमै सार्थक पहल गरी केसीको जिवन रक्षा गर्न आयोग नेपाल सरकारलाई आग्रह गरेको छ। 

साथै आयोगले माग पुरा गराउनको लागि आमरण अनशन जस्तो जीवन नै जोखिम हुने कदम नचाल्न पनि डा. केसीलाई विज्ञप्ति मार्फत् आग्रह गरेको छ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. केसी १९ औं पटक अनसन बसेको बुधबार २४ दिन पुगेको छ। 

जुम्लामा अनसन बसेका डा. केसीलाई सरकारले काठमाडौं ल्याएको थियो। केसी अहिले त्रिविवि शिक्षण अस्पतालमा छन्। उनको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।

अनसनको २४ दिन वित्दा पनि वार्ताको कुनै पहल नभएको भन्दै सरकारको चौतर्फी आलोचना भैरहेको छ। 

असोज २१, २०७७ बुधबार १९:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।