डा. केसी सिकिस्त

डा. केसी सिकिस्त

उनको स्वासप्रस्वासमा समस्या आएको र प्रेसरसमेत घटेको छ। डा.केसीका सहयोगी प्रितम सुवेदीका अनुसार केसीले निकै अफ्ठेरो महसुस गरेका छन्।

केसीको शरीरमा अक्सिजनको मात्रा काम भएपछि अक्सिजन चलाइएको सुवेदीले जानकारी दिए। केसीको रक्तचाप घटेर ७०–५० पुगेको चिकित्सकहरुले बताएका छन्।

डा. केसीको उपचारमा संलग्न चिकित्सकका अनुसार थकान, रिंगटा लाग्ने, मुटुको धड्कन अनियमित हुने लगायतका समस्या देखिएको छ।

सरकारले डा. केसीलाइ अनसन तोड्न आग्रह गरे पनि उनले अस्वीकार गरेका छन्। मंगलबार वार्ताका लागि पुगेको सरकारी टोलीलाई डा.केसीले अनसन नतोड्ने जवाफ दिएका थिए।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पनि डा. केसीलाई अनसन तोड्न आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

यस्तै बुधाबार मानव अधिकार आयोगका दुइ जना प्रतिनिधिले समेतले डा.केसीलाई भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएको सुवेदीले जानकारी दिए। 

आयोगको टोली पहिलोपटक केसीको अवस्थाबारे जानकारी लिन आएको सुवेदीले बताए।

असोज २१, २०७७ बुधबार १३:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।