प्रदेश ५ को स्थायी राजधानी देउखुरी
काठमाडौं : प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी कायम भएको छ।
प्रदेशसभामा आज (मंगलबार) भएको मतदानमा देउखुरी राजधानी राख्ने पक्षमा ६९ मत खसेको प्रदेशसभा सचिवालयले जनाएको छ। यो प्रदेशसभाको कूल सदस्य संख्याको दुई तिहाईभन्दा बढी हो। प्रदेशसभामा दुई तिहाई संख्या ५८ हो। यस्तै, प्रस्तावको विपक्षमा १३ मत खसेको छ।
सभामुख पूर्णबहादुर घर्तीले संविधानको धारा २८८ को उपधारा २ बमोजिम दाङको देउखुरी स्थायी राजधानी बनाउने प्रस्तावको पक्षमा दुई तिहाई बहुमत पुगेकाले राजधानी देउखुरी क्षेत्रलाई कायम गरिएको घोषणा गरिन्।
प्रदेशसभाका ८७ सांसदमध्ये ८२ जना मतदानमा सहभागी थिए।
प्रदेशसभामा नेकपाको ६१, कांग्रेसको १९, जनता समाजवादी पार्टीको ६ र राष्ट्रिय जनमोर्चाको १ सांसद् छन्।
असोज २०, २०७७ मंगलबार १६:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।