पार्टीको निर्णयमा मतदान गर्न नेकपाको ह्विप 

पार्टीको निर्णयमा मतदान गर्न नेकपाको ह्विप 

नेकपाको प्रदेश ५ का संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले पार्टीबाट प्रतिनिधित्व गर्ने प्रदेशसभाका सांसदलाई पार्टीको निर्णयमा मतदान गर्न निर्देशन दिएको एक सांसदले जानकारी दिए। 

प्रदेश राजधानीको प्रस्तावको विरोधमा बुटवलमा प्रदर्शन भएपछि नेकपाको संसदीय दलले यसबारे छलफल गर्न बैठक बोलाएको थियो। बिहान ७ बजे बोलाइएको बैठक प्रदर्शनका कारण ढिलो गरि सुरु भएको थियो।  

प्रदेशसभामा गत शुक्रबार प्रदेश ५ को राजधानी दाङको भालुवाङ सार्ने प्रस्ताव पेश गरिएको थियो। त्यसअघि नेकपाको प्रदेश ५ समितिले राजधानी भालुवाङ र नाम लुम्बिनी राख्ने निर्णय गरेको थियो। नामका विषयमा भने विरोध देखिएको छैन। 

राजधानी सार्ने प्रस्तावका विरोधमा बुटवलमा दिनहुँ प्रदर्शन र धर्ना भइरहेको छ। 

असोज १९, २०७७ सोमबार १२:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।