डा. केसीलाई अक्सिजन दिन थालियो 

डा. केसीलाई अक्सिजन दिन थालियो 

काठमाडौं : अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। 
 

डा केसीको श्वासप्रश्वासमा समस्या आएपछि उनलाई अक्सिजन दिन सुरु गरिएको केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए।

केसीले १९औं अनसन सुरु गरेको २१ दिन पुगेको छ।

उनलाई एक्कासी छाती दुख्ने र सास फेर्न गाह्रो हुने समस्या देखिएको हो।

डा. केसीले एक्कासी अरु बेला भन्दा धेरै छाती दुख्यो अनि सास फेर्न गाह्रो भएकाे जानकारी गराएपछि अक्सिजन सपोर्टमा राखिएको उनले जानकारी दिए।

चिकित्सकको सल्लाह बमोजिम कोभीड–१९ को अनुसार संक्रमणलाई मध्यनजर गर्दै डा. केसीसँग बाहिरबाट आउने आगन्तुकहरुलाई भेटघाटमा समेत रोक लगाईएको उनले जानकारी दिए।
 

असोज १८, २०७७ आइतबार १४:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।