डा. केसीको समर्थनमा चिकित्सक आन्दोलित
काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा चिकित्सक आन्दोलित भएका छन्।
डा. केसीको जीवनरक्षा र उनका माग पूरा गर्न दबाब दिन आवासीय चिकित्सक आइतबारदेखि आन्दोलित भएका हुन्।
डा. केसी २१ दिनदेखि अनसनरत हुँदा पनि उनका माग पुरा गर्नतर्फ सरकारले ध्यान नदिएको भन्दै चिकित्सकले दैनिक दुई घण्टा इमर्जेन्सी र कोभिड उपचारबाहेकका सेवा ठप्प बनाएका छन्।
वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सक आन्दोलनमा उत्रिएका हुन्।
उनीहरूले २४ घण्टाभित्र सरकारले वार्ता टोली गठन गरी डा केसीको जीवन रक्षाका लागि पहल नगरेमा थप कडा कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी पनि दिएका छन्।
जुम्लाबाट अनसन सुरु गरेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको चिकित्सकले बताएका छन्।
असोज १८, २०७७ आइतबार १२:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।