सर्वोच्चका न्यायाधीश र कर्मचारीमा कोरोना पुष्टि

सर्वोच्चका न्यायाधीश र कर्मचारीमा कोरोना पुष्टि

काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीशसहित केहि कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अधिकांश इजलासको काम प्रभावित भएका छन्। 
 

सर्वोच्च अदालतले विज्ञप्ती जारी गरी अदालतका न्यायाधीश र कर्मचारीमा कोरोना देखिएपछि उनीहरु आइसोलेसनमा रहेको जनाएको छ। 

शनिबार प्राप्त रिपोर्टमा एक न्यायाधीश, इजलास अधिकृत र अन्य कर्मचारीमा समेत कोरोना पुष्टि भएको थियो।

कोरोना देखिएपछि  सर्वोच्चका सबै इजलास बन्द गरिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए।

ढकालका अनुसार आइतबार एउटा इजलास बाहेक सबै इजलास बन्द गरिएको छ।

आज न्यायाधीश मनोजकुमार शर्माको एकमात्र एकल इजलास तोकिएको छ। संक्रमितको सम्पर्कका रहेका न्यायाधीश आइसोलेसनमा बसेका छन्।

ढकालले कति जना संक्रमित भए भन्ने नखुलेको बताए। स्रोतका अनुसार एक जना न्यायाधीशसहित परिवार नै संक्रमित छन्।

दुई जना न्यायाधीशलाई लक्षण देखिएको र अन्य कर्मचारी र सुरक्षाकर्मीलाई पनि संक्रमण देखिएको छ। 
 

असोज १८, २०७७ आइतबार १२:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।