कोरोना संक्रमित सुत्केरीको मृत्यु
भैरहवा : कोरोना भाइरस संक्रमित कंचनपुरकी एक महिलाको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ।
महेन्द्रनगर–२ की २९ वर्षीया महिलाको उपचारका क्रममा आइतबार बिहान ४ः३० बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए।
३३ साताकी गर्भवति उनले असोज १३ गते जुम्ल्याहा शिशु जन्माएकी थिइन। शिशुलाई सेती अस्पतालको एनआइसियुमा राखिएको छ। उनीहरु सुरक्षित रहेको चिकित्सकहरुले जानकारी दिए।
शिशु जन्मदा उनको अत्यधिक रक्तश्राव भएको थियो। उच्च रक्तश्राव भएपछि उनको पाठेघरको अपरेशन समेत गरिएको थियो।
अपरेशनका क्रममा ६ प्याइन्ट होल रगत र ४ प्वाइन्ट प्लेटलेट रगत चढाइएको चिकित्सकहरु चिकित्सहरुले बताए
उपचारकै क्रममा असोज १३ गते सेती अस्पतालमा ती महिलाको पीसीआर जाँच गर्दा १४ गते कोरोना भाइरस पुष्टि भएको थियो।
कोरोना पुष्टि पछि उनलाई असोज १५ गते नेपालगंज मेडिकल कलेज भर्ना गरिएको थियो।
उनले जम्म दिएका शिशु मध्ये एक छोरा र एक छोरी छन्।
उपचारकै क्रममा ती महिलाको मृत्यु भएको छ। योसँगै बाँकेमा बाहिरी जिल्लाबाट आइ उपचार गराइरहेका ९ संक्रमितको मृत्यु भएको श्रेष्ठले जनाए।
असोज १८, २०७७ आइतबार १०:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।