प्रधानमन्त्रीको सचिवालयका चार जनामा कोरोना पुष्टि
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफूसहित प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना पुष्टि भएको जानकारी दिए।
शनिबार देशभर थप दुई हजार एक सय २० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै कूल संक्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको छ।
असोज १७, २०७७ शनिबार २१:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।