५ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा भिनाजु पक्राउ
जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रका अनुसार धनुषाधाम नगरपालिका–७ स्थित किसानपुरका पाँच वर्षीय रुपेश सदाको अप्राकृतिक मैथुनपछि हत्या गरेको आरोपमा सवैला नगरपालिका–७, भठिहनका २२ वर्षीय रामबहादुर सदा पक्राउ परेका हुन्।
गत असोज १५ गतेदेखि बेपत्ता भएका रुपेशको शव शुक्रबार धनुषाधामस्थित कृषि इँटा उद्योगको परिसरभित्र पानी जमेको खाल्डोको डिलमा पात पतिंगरले छोपिएको अवस्था भेटिएको थियो।
आरोपित रामबहादुरले माछा मार्ने भन्दै बालकलाई पोखरीतर्फ लगेर अप्राकृतिक मैथुन गरि हत्या गरेको स्वीकारेको प्रहरी नायब उपरीक्षक मिश्रले बताए।
अप्राकृतिक मैथुनकै क्रममा बालक बेहोस भएपछि रामबहादुरले उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रवक्ता मिश्रले बताए।
आरोपित रामबहादुरलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
असोज १७, २०७७ शनिबार २१:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।