रूपन्देहीमा कोरोना संक्रमितको पुरुषको मृत्यु

रूपन्देहीमा कोरोना संक्रमितको पुरुषको मृत्यु

बुटवलको धागो कारखानास्थित लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पतालमा उपचाररत पाल्पा, रामपुर–७ का ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो।

उनको उपचारका क्रममा गए राति ११ः५० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।

गौतमका अनुसार उनलाई दुई दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। उनी असोज १३ गते साँझ ११ बजे अस्पताल भर्ना भएका थिए।
 

असोज १६, २०७७ शुक्रबार ११:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।