सिँचाइका इन्जिनियरविरुद्ध ३ करोडको भ्रष्टाचार मुद्दा
आयोगले ३ करोड ६ लाख ५४ हजार बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा शर्माविरुद्ध बिहिबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आयोगको छानविनबाट शर्माले पदमा रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरि आफू र श्रीमती बबिता फुयाल शर्माकोे नाममा जग्गा खरिद, घर निर्माण, विभिन्न बैंक तथा वित्तीय संस्थाहरु तथा कम्पनिहरुका संस्थापक एवं साधारण शेयरहरु खरिद लगानी गरी खर्च गरेको पाईएको थियो।
आरोपपत्रमा शर्माकी श्रीमति बबितालाई समेत प्रतिबादी कायम गरी सम्पत्ति जफतको माग दाबी गरिएको छ। २०५२ सालमा राजपत्रांकित तृतीय श्रेणी पदमा अस्थायी नियुक्ति लिएका शर्मा स्थायी हुँदै जलस्रोत तथा सिंचाई विभाग ललितपुरमा कार्यरत छन्।
असोज १५, २०७७ बिहीबार १९:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।