सुपथ मूल्य पसल संचालनमा
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका देशभर रहेका कार्यालय, डिपो, डिलरहरुका साथै घुम्ती सेवामार्फत पसल सञ्चालन गरिएको हो।
सुपथ मूल्य पसलका सामग्री काठमाडौं उपत्यकाका कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुङ्गल, थापाथली, नख्खु, प्रयाग पोखरी, जावलाखेल र भक्तपुरका साथै देशभरका ४९ ठाउँमा खोलिने उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका प्रवक्ता उर्मिला केसी जानकारी दिए।
सपथ मुल्यका खाद्य पसल बिहीबार देखि छठ पर्वको भोलिपल्ट सम्म सञ्चालन हुनेछन्।
चामल, दाल, फापर गेडागुडी, तिते फापर र केराउको सेतो दाना प्रति केजी ५ रुपैया छुटमा दिइने मन्त्रालयले जनाएको छ।
खसी, बोका, च्याङ्ग्रा, सीमी १० रुपैयाँको दरले छुटमा उपभोक्ताले पाउने छन्।
त्यस्तै नुन प्रति केजी १८, चिनी प्रति केजी ७० र घ्यू प्रति लिटर ८७० रुपैयामा पाउने मन्त्रालयले जनाएको छ।

असोज १५, २०७७ बिहीबार १५:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।