कर्मचारीमा कोरोना देखिएपछि श्रम स्वीकृती बन्द

कर्मचारीमा कोरोना देखिएपछि श्रम स्वीकृती बन्द
वैदेशिक रोजगार विभाग ताहाचल

काठमाडौैं : वैदेशिक रोजगार विभाग ताहाचल, स्थित कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएपछि श्रम स्वीकृतीको काम रोकिएको छ।

कार्यलयमा कार्यरत एक अधिकृतलाई संक्रमण देखिएपछि बिगत २ महिनादेखी खुला भएको श्रम स्वीकृती रोकिएको विभागले जनाएको छ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले कार्यलयको पुनः श्रम स्वीकृती शाखाका एक कर्मचारीमा संक्रमण देखिएपछि कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द गरिएको बताए। दाहालका अनुसार बाँकी कर्मचारीको परीक्षण गर्न स्वास्थ्य सेवा विभागमा पत्राचार गरिएको बताए।

विभागका अन्य शाखाको तुलनामा पुनः श्रम स्वीकृती शाखा बढी भिडभाड हुने क्षेत्र हो। पुनः श्रम स्वीकृती विदेशबाट बिदामा आएर पुन रोजगारीका लागि जाने श्रमिकले सेवा लिने स्थान हो।

दाहालले ३ दिनपछि अन्य सम्पुर्ण कर्मचारीको स्वास्थ्य परीक्षण गरिने र सो नतिजाका आधारमा सेवा सुचारु गर्ने कि रोक्ने भन्नेबारे निर्णय हुने बताए।

हाल विभागमा ५७ कर्मचारी दरबन्दी भएपनि ५१ जना कार्यरत रहेका छन्। 

सरकारले गत वर्ष फागुन २९ बाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृती बन्द गर्ने निर्णय गरेपछि पुन असार १८ गतेबाट श्रम स्वीकृती खुला गरेको थियो।

यसैगरी भदौ १४ गतेबाट नयाँ श्रम स्वीकृती समेत खोलेको थियो। असोज १३ गतेसम्म दुबै गरेर १० हजार २८७ जनाले श्रम स्वीकृती लिएका छन्।

 

असोज १५, २०७७ बिहीबार ११:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।