कोलकाता र राजस्थान प्रतिस्पर्धा गर्दै
काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा आज (बुधबार) कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स प्रतिष्पर्धा गरिरहेका छन्।
कोलकताले टस हारेर अहिले ब्याटिङ गरिरहेको छ। खेलको ४ ओभर सकिँदा कोलकाताले बिना विकेटको क्षतिमा २५ रन जोडेको छ। उसका लागि शुभमान गिल १७ र सुनिल नरेन ५ रनमा खेलिरहेका छन्।
राजस्थानका अंकित राजपुतले २ तथा जयदेव उनादकट र जोफ्रा आर्चरले १/१ ओभर बलिङ गरेका छन्।
जारी प्रतियोगितामा यी दुवै टोलीको यो तेस्रो खेल हो। यसअघि राजस्थानले शत प्रतिशत जित निकाल्दा कोलकाताले भने एकमा जित र एकमा पराजय भोगेको छ।
क्रिकइन्फो डट कम
असोज १४, २०७७ बुधबार २०:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।