सन्दीपको टोली दिल्ली हैदरावादसँग भिड्दै
काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा आज (मंगलबार) नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल सनराइजर्स हैदरावादसँग प्रतिष्पर्धा गरिरहेको छ।
संयुक्त अरब इमिरेट्स (युएई)मा जारी प्रतियोगितामा हैदरावादले टस हारेर ब्याटिङ गरिरहेको छ।
खेलको ७ ओभर सकिँदा हैदरावादले विकेट नगुमाएर ५२ रन जोडेको छ। बैंग्लोरका डेभिड वार्नर ३२ र जोनी बेरिस्टो १८ रनमा खेलिरहेका छन्।
जारी प्रतियोगितामा यी दुवै टोलीले समान दुई खेल खेलिसकेका छन्। दिल्लीले शत प्रतिशत जित निकाल्दा हैदरावाद भने जितविहीन छ।
दिल्लीको टोलीमा आज पनि सन्दीप अटाएका छैनन्।
क्रिकइन्फो डट कम
असोज १३, २०७७ मंगलबार २०:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।