ब्रोइलरलाई मेहन्दी लगाएर लोकल !

ब्रोइलरलाई मेहन्दी लगाएर लोकल !

काठमाडौं : ब्रोइलर कुखुराका चल्लालाई मेहेन्दी र रङ्ग लगाएर लोकल भन्दै बिक्री गर्ने गिरोहलाई प्रहरीले काठमाडौंको कलंकीबाट पक्राउ गरेको छ।

ब्रोइलर चल्लालाई कालो, रातो लोकल भन्दै महँगोमा विक्री गर्ने समूहका चार जना भारतीयलाई प्रहरीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी बृत्त कालीमाटीले सेतो चल्लालाई कालो, रातो रङ्ग लगाउँदै गर्दा  प्रेम सिला देवी जैसवाल, वकिल खान, सुनिता जैसवाल, चन्दा देवी साहलाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी बृत्त कालिमाटीका प्रमुख डिएसपी अपिलराज बोहराले रङ्ग लगाउन तयारी गरेका २८ हजार ६ सय चल्ला बरामद गरिएको जानकारी दिए।

ब्रोइलरभन्दा लोकल वा गिरिराज चल्ला महङ्गोमा विक्री हुने भएकाले उनीहरुले  रङ्ग लगाएर विक्री गर्ने गरेको प्रहरीसमक्ष बताएका छन्।
डिएसपी बोहोराले उनीहरुमाथि अनुसन्धान भैरहेको र दोषि देखिए कारवाही गरिने बताए।

उक्त गिरोहले लोकल, गिरिराज, कोईलर भन्दै १० रूपैयाँमा गरिद गरी ल्याएको चल्ला दुई सयदेखि ३ सय रुपैयाँसम्ममा विक्री  आइरहेको खुलेको छ। 

असोज १३, २०७७ मंगलबार १४:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।