साबिक विजेता मुम्बई बैंग्लोरसँग पराजित
काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा साबिक विजेता मुम्बई इण्डियन्स रोयल च्यालेन्जर्स बैंग्लोरसँग पराजित भएको छ।
संयुक्त अरब इमिरेट्स (युएई)मा आज (सोमबार) राति सम्पन्न खेलमा मुम्बई बैंग्लोरसँग सुपर ओभरमा पराजित भएको हो।
सुपर ओभरमा मुम्बईले दिएको ८ रनको लक्ष्य पूरा गरेपछि बैंग्लोरले जारी प्रतियोगितामा दोस्रो जित निकालेको हो।
२०२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा २०१ रन जोडेको थियो। मुम्बईले अन्तिम ५ ओभरमा ८९ रन जोडेपछि खेल बराबरी भएको थियो।
त्यसअघि टस हारेर ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०१ रन बनाएको थियो।
क्रिकइन्फो डट कम
असोज १३, २०७७ मंगलबार ००:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।