साबिक विजेता मुम्बईविरुद्ध ब्याटिङ गर्दै बैंग्लोर 

साबिक विजेता मुम्बईविरुद्ध ब्याटिङ गर्दै बैंग्लोर 
रोयल च्यालेन्जर्स बैंग्लोरका आरोन फिन्च ब्याटिङ गर्दै। तस्बिर : आइपिएल टि २० डट कम 

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा आज (सोमबार) साबिक विजेता मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्दै छन्।

संयुक्त अरब इमिरेट्स (युएई)मा जारी प्रतियोगितामा बैंग्लोरले टस हारेर ब्याटिङ गरिरहेको छ। 

खेलको ३ ओभर सकिँदा बैंग्लोरले कुनै पनि विकेट नगुमाएर २६ रन जोडेको छ। बैंग्लोरका आरोन फिन्च १८ र देवदक्त पाडिक्काल ८ रनमा खेलिरहेका छन्। 

मुम्बईका ट्रेन्ट बोल्डले २ र जेम्स प्याटिन्सनले १ ओभर बलिङ गरेका छन्। 

जारी प्रतियोगितामा समान दुई खेल खेलिसकेका यी दुवै टोलीले एक एक खेल जितेका छन्। 

क्रिकइन्फो डट कम
 

असोज १२, २०७७ सोमबार २०:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।