२४ घन्टामा १३५१ संक्रमित थपिए
काठमाडौं : देशभर आज (सोमबार) एक हजार तीन सय ५१ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ८० जनाको कोरोना परीक्षण गरिएको थियो।
योसँगै देशभर संक्रमितको कूल संख्या ७४ हजार सात सय ४५ पुगेको छ।
पछिल्लो २४ घण्टामा सात सय ४२ जना डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या ५४ हजार ६ सय ४० पुगेको छ।
यस्तै, देशभर १९ हजार ६ सय २४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
असोज १२, २०७७ सोमबार १७:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।