पञ्जाबले राजस्थानलाई दियो २२४ रनको लक्ष्य
काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा किंग्स इलेभन पञ्जाबले राजस्थान रोयल्ससामु २२४ रनको लक्ष्य पेश गरेको छ।
टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २२३ रन बनाएको हो।
पञ्जाबका लागि मयंक अग्रवालले शतक प्रहार गरे। ५० बल खेलेर १०६ रन बनाएका उनले आफ्नो पारीमा १० चौका र ७ छक्का हानेका थिए।
कप्तान केएल राहुलले ६९ रनको योगदान दिए। यस्तै, निकोलस पुरन २५ र ग्लेन म्याक्सवेल १३ रनमा अविजित रहे।
राजस्थानका तर्फबाट टोम कुरान र अंकित राजपुतले समान १ विकेट लिए।
राजस्थानले केही बेरमै जवाफी ब्याटिङ थाल्ने छ।
जारी प्रतियोगितामा राजस्थानको यो दोस्रो खेल हो भने पञ्जाबको तेस्रो। राजस्थानले शत प्रतिशत जित निकाल्दा पञ्जाबले एक खेलमा जित र एकमा हार व्यहोरेको छ।
क्रिकइन्फो डट कम
असोज ११, २०७७ आइतबार २१:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।